काठमाण्डु- नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आज काठमाडौं पुगेका छन् । करियर कूटनीतिज्ञ श्रीवास्तव काठमाडौं आउनु अघि नयाँ दिल्लीमा चीन, जापान , कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।
उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व समेत गरेका थिए ।
श्रीवास्तवसंग सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरेको अनुभव छ । श्रीवास्तवले यसअघि वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न पदमा रही काम समेत गरिसकेका छन् ।




प्रतिक्रिया