काठमाण्डु- पछिल्लो २४ घण्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ वटा नमुना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १७ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या २२९ रहेको छ ।




प्रतिक्रिया