नेपालमा कोरोना संक्रमित बढ्न थाले, बुधबार ६२ जनामा पुष्टि

नेपालमा कोरोना संक्रमित बढ्न थाले, बुधबार ६२ जनामा पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाण्डु –  पछिल्लो २४ घण्टामा देशभर ६२ जनामा कोभिड-१९ काे संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० वटा नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो केहिदिन यता मुलुकमा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि देशभर दैनिक १० देखि २० जनाको हाराहारीमा मात्र संक्रमण देखिँदै आएको थियो । मंगलबार मात्र ४४ जनामा कोरोना पुष्टि भएको थियो ।

आज १९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २६१ रहेको छ ।