काठमाण्डु- निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दा अन्तर्गत सर्वोच्चको फैसलामा न्यायाधीशहरुले फरक राय राखेका छन् । बुधबार नजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आदेश जारी गर्ने विषयमा सबै न्यायाधीश सहमत भए पनि विषयवस्तुमा भने दुई न्यायाधीशले फरक राय राखेका हुन् ।
यसभन्दा अघि सरकारले निर्माण गर्ने भनेको विमानस्थलविरुद्ध दायर भएको रिटमा सर्वोच्चले विकल्प खोज्न फैसला सुनाएको थियो । सर्वोच्चको उक्त फैसलापछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य पूर्णपाठमा अड्किएको थियो ।
न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउत भने एकै रायमा सहमत भएका थिए । उनीहरुको रायमा न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोज शर्माले अरु न्यायाधीशभन्दा फरक मत राखेका छन् ।
उनीहरुले निजगढमा हाल प्रस्ताव गरिएको क्षेत्रको दक्षिणतर्फको सरकारी स्वामित्त्वको खाली जमीन र सोसँग जोडिएको व्यक्तिगत जग्गाहरू समेतलाई जोडेर वा सो आसपासको वनक्षेत्र कम भएको अन्य स्थानको सम्भाव्यता अध्ययन गरी विमानस्थलको आधारभूत संरचनाका लागि आवश्यक हुने क्षेत्रफल बराबरको जमीनको पहिचान विमानस्थल निर्माणलाई पहिलो प्राथमिकता दिन आदेश दिएका छन् ।
यद्यपि फैसला र आदेशको हकमा भने बहुमतको राय लागू हुनेछ ।




प्रतिक्रिया