निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गठबन्धनका शीर्ष नेताको घोषणा

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गठबन्धनका शीर्ष नेताको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले शनिबार निमार्णाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका गरेका छन् । सो क्रममा शीर्ष नेताहरूले सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेका हुन् ।

नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘दुइटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । यो विमानस्थल समयमै निर्माणको प्रक्रिया सुरु नभए करोडौँको लगानी अलपत्र पर्ने र फास्ट ट्र्याकको औचित्य पुष्टि नहुने भएकोले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्ने दावी गरे ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणमा रोक नलगाएको बताए । सर्वोच्चको पूर्ण पाठ हेर्दा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिनेमा नेपालले जोड दिएका हुन् ।

तर, सर्वोच्च अदालतले विमानस्थलको काम अघि नबढाउन आदेश दिइसकेको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ ।

निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।