एक सचिव पदमा बढुवाका लागि खनाल,काफ्ले र शर्माको नाम सिफारिस

एक सचिव पदमा बढुवाका लागि खनाल,काफ्ले र शर्माको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामान्य प्रशासन मन्त्रालय अन्तगर्तको बढुवा समितिले रिक्त एक सचिव पदमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले डा. गोपीकृष्ण खनाल, दीपक काफ्ले र नारायणप्रसाद शर्माको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रोमा सिफारिस गरेको हो ।

खनाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख छन् ।

यस्तै शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औद्योगिक तथा लगानी प्रबद्र्बन महाशाखा प्रमुख छन् ।सम्भवतः आज बस्ने मन्त्रिपरिषद्को बैठकले बढुवामा सिफारिस भएका तीन जना सह–सचिव मध्येबाट एक जनाको नाम स्वीकृत गर्नेछ ।