रामेछाप बस दुर्घटनाः मृत्यु हुनेमध्ये ९ जनाको सनाखत

रामेछाप बस दुर्घटनाः मृत्यु हुनेमध्ये ९ जनाको सनाखत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ९ जनाको सनाखत भएको छ ।

बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेका छन् ।

मृत्यु हुनेमा सुनापति–५ रामेछापका ६० वर्षीय ठूला तामाङ, सोही स्थानकी २६ वर्षीया समरिता तामाङ, वडा नं ५ का खड्क बहादुर विक, रोशी गाउँपालिका–४ काभ्रेका २५ वर्षीय कमल तामाङ, काभ्रेकै पाँचखाल–८ का १८ वर्षीय सुदिप गजमेर, रामेछापको सुनापति–५ का २२ वर्षीया बिपना तामाङ, काभ्रेको मण्डन देउपुर गाउँपालिका–९ का ६० वर्षीया शुभलक्ष्मी मानन्धर, रामेछाप सुनापति–५ खनियापनीका ३६ वर्षीया सन्जु आले मगर, र काभ्रेको पाँचखाल–८ का ४० वर्षीय कुल बहादुर विक रहेका छन्।

दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  रामेछापको हिलेदेखी काठमाण्डौ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस आज बिहान सवा १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।