काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा २० जना कोरोना संक्रमित निको भएका छन् । सो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भने भएको छैन ।




प्रतिक्रिया