असारभित्र जिल्ला न्यायाधिश नियुक्त नगरे चरणबद्ध आन्दोलन गर्ने ट्रेड युनियनको चेतावनी

असारभित्र जिल्ला न्यायाधिश नियुक्त नगरे चरणबद्ध आन्दोलन गर्ने ट्रेड युनियनको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – असार मसान्त भित्र रिक्त रहेका जिल्ला न्यायाधिशहरुलाई नियुक्त नगरे चरणबद्ध आन्दोलन गर्ने न्यायपालिका क्षेत्रका ट्रेड युनियनहरुले चेतावनी दिएका छन ।

सर्वाेच्च अदालत व्यवस्थापन र ट्रेड युनियनहरुले भएको सहमतिसमेत हुबहु कार्यन्वयन गर्ने गरी असार मसान्त भित्र रिक्त जिल्ला न्यायाधिस नियुक्त गर्न चेतावनी दिएका हुन ।

सर्वाेच्च अदालत व्यवस्थापन र ट्रेड युनियनहरुले गत २०७० असार असार २७ मा भएको ५८ बुदेँ सहमति समेत हुबहु कार्यन्वयन गर्न जोडदार मागसमेत गरेका छन ।

‘कर्मचारी तथा राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग प्रतिनिधीमुलक रुपमा छलफल गरेर मात्र ल्याउनु पर्नेमा एकपक्षीय रूपमा न्याय सेवाका कर्मचारीहरूको हित विपरीत अमुक राजनीतिक स्वार्थमुखी तबरले ल्याउन लागिएको’ भन्दै आपत्तिसमेत जनाउँदै उनीहरुले ’न्याय परिषद्ले तयार गर्न लागेको भनिएको न्यायाधीश नियुक्तिको मापदण्डसमेत न्यायपालिकामा काम गर्ने करिब ७ हजार कर्मचारी तथा राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग प्रतिनिधीमुलक रुपमा छलफल गरेर मात्र ल्याउनु पर्ने’ उनीहरुको सर्त राखेको छन ।

युनियनहरुका अनुसार जिल्ला न्यायधीसहरुको नियुक्तिको हकमा नेपालको संविधान धारा १४९(२) ले नै स्पष्ट व्यवस्था गरेको र करिव डेढ वर्ष पहिले नै न्याय सेवा आयोगले प्रतिशत निर्धारण गरिसकेको उल्लेखसमेत गरेका छन ।