खनाल र खराल सचिवमा बढुवा

खनाल र खराल सचिवमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय डा. गोपी खनाल र डा. दीपक खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ वरिष्ठ सहसचिवहरू डा. खनालसहित दीपक काफ्ले र नारायणप्रसाद शर्मा दुवाडीको नाम सिफारिस गरेको थियो ।