माओवादीले स्थायी समिति र पोलिटव्यूरो घोषणा गर्दै, तत्काल पदाधिकारी टुंगो नलगाउने

माओवादीले स्थायी समिति र पोलिटव्यूरो घोषणा गर्दै, तत्काल पदाधिकारी टुंगो नलगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माआवादी केन्द्रको कन्द्रीय कमिटी बैठक सुरु भएको छ । केहि बेरअघिदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र गैरभौगलिक क्षेत्रबाट रिपोर्टिङ तथा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ  दिनेछन् ।

साथै उनले पोलिटव्युरो, स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको स्रोतले जानकारी दियो । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले आजको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली प्रस्तुत गर्ने बताए । आजको बैठकमा पदाधिकारीको टुंगो भने नलाग्ने भएको छ ।

नेताहरुबीच सहमति जुट्न नसक्दा पदाधिकारी चयन आगामी निर्वाचन पछि मात्र हुने सम्भावना रहेको स्रोतले जानकारी दियो । माओवादीको पदाधिकारीमध्ये अध्यक्ष प्रचण्डलाई महासचिव चुन्न सकस परेको छ ।

तर उनले प्रतिस्पर्धामा रहेका नेताहरुलाई उपाध्यक्षमा पदोन्नती गरेर तलका नेतालाई महासचिव बनाउन खोजेपछि महाचिव पनि लगभग टुंगिएको स्रोत बताउँछ । केन्द्रीय समितिमा बैठकको हलमा नै नयाँ प्रस्ताव पेश गर्नुभन्दा अहिले स्थायी समिति र पोलिटव्यूरोमात्रै बनाएर स्थायी समितिले पछि अनुमोदन गर्दा उपयुक्त हुने माओवादीको ठहर छ ।

सोहीअनुसार अध्यक्ष प्रचण्डले स्थायी समिति र पोलिटव्यूरो सदस्यको नाम मात्रै प्रस्ताव गर्ने तयारी गरेका छन् ।वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ सर्वसम्मत जस्तै देखिएपनि पछिल्लो चरणमा कृष्णबहादुर महरादेखि मातृका यादवसम्मले दाबी गरेका छन् ।

त्यस्तै महासचिवमा पनि जनार्दन शर्मा, वर्षमान पुन, महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङदेखि शक्ति बस्नेतसम्मको चर्चा छ । यीनै मध्येबाट एक जना महासचिव हुन सक्ने संभावना छ ।

माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितको पदाधिकारी रहने व्यवस्था छ । तर, आकांक्षी धेरै देखिए उपाध्यक्षको संख्या बढाउने र पदाधिकारीको संख्या १८, १९ जनाको हुने गरी छलफल चलेको छ ।