काठमाण्डु – हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ।
देशका हिमाली र पहाडी भूभागमा आंशिक बादलीको अवस्था रहेको छ भने अन्य भूभागको मौसम मुख्यतया सफा छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार पनि देशका हिमाली र पहाडी भू(भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।


प्रतिक्रिया