जनार्दन शर्माले राजीनामा दिएर षड्यन्त्र गर्नेलाई जवाफ दिनुभयो : प्रचण्ड

जनार्दन शर्माले राजीनामा दिएर षड्यन्त्र गर्नेलाई जवाफ दिनुभयो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकताको शन्देश दिएका बताएका छन् ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको बताएका हुन् ।

‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ । नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ ।’, उनले भने ।

यसै विषयलाई लिएर माओवादीलाई अपमानित गर्न खोजिने भन्दै उनले जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताएका छन् । ‘छानबिनका लागि तयार छु भन्ने घोषणा गर्नुभएको छ । एउटा राजनीतिक कल्चर विकास गर्ने प्रक्रियाको कडी हो । यसलाई माओवादीलाई अपमानित गर्न प्रयोग गर्छन् तर यसलाई नयाँ तरिकाबाट जान जरुरी छ ।’, उनले भने ।