काठमाण्डु – नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका हुन् ।
महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ । साथै उनले उक्त महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने समेत बताए ।
‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भने ।




प्रतिक्रिया