माओवादीका कार्यकर्ता एमालेमा भित्र्याउन लेखराज सक्रिय

माओवादीका कार्यकर्ता एमालेमा भित्र्याउन लेखराज सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) का सचिव लेखराज भट्टले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई पार्टीमा भित्र्याउन आफू लागिपरेको बताएका छन् ।

नेकपा (एमाले) बझाङको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सचिव भट्टले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य केही नेताको कार्यशैलीका कारण निराश भएका कार्यकर्तालाइ एमालेमा भित्र्याउने काममा लागिपरेको बताएका हुन् ।

त्यसैगरी उनले अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिसँग साँठगाँठ गरेर करका दरहरू हेरफेर गर्नु राज्यविरुद्धको अपराध भएको बताएका छन् । अर्थमन्त्रीकै कारण देश सङ्कटमा गुज्रिरहेको दावी गरे । उनले एमालेले त्यसको विरोध सुरु गरेपछि जनार्दन शर्मा अर्थमन्त्रीबाट राजीनामा दिन बाध्य भएको बताए ।

अहिले मानिसहरूमा एमालेप्रतिको आकर्षण बढिरहेको उनको भनाइ छ । परिवर्तनका लागि बझाङका गरिब जनताका छोराहरूले शहादत प्राप्त गरेको र उनीहरूलाई माओवादीले सम्झन पनि छाडेको तर प्रचण्डले आफ्ना छोराको सालिक अनावरण गर्न थालेको भट्टले बताए ।