प्रदेश प्रहरी ऐन : लुम्बिनीको नेतृत्व एआइजीले गर्ने

प्रदेश प्रहरी ऐन : लुम्बिनीको नेतृत्व एआइजीले गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी सेवा सम्बन्धमा ऐन बनाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश प्रहरीको नेतृत्व अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्ने गरी ऐन बनाएको हो ।

उक्त ऐन मन्त्रालयले संसद्मा पेस गरिसकेको छ । प्रदेश प्रहरी सेवा सम्बन्धमा बनेको विधेयकले एआईजीको कमाण्ड रहने गरी प्रहरीको श्रेणी कायम गर्ने उल्लेख छ ।

मन्त्रालयले वैशाख १६ गते प्रदेशसभामा पेस गरेको विधेयकमा डिआईजीको नेतृत्वमा श्रेणी रहने गरी विधेयक तयार पारिएको भए पनि विषयगत समितिले त्यसलाई संशोधन गरेर एआईजीको कमाण्ड राख्ने गरी असार १५ गते प्रदेशसभाले विधेयक पारित गरेको हो ।

प्रदेशमा प्रहरीसमेत आफू मातहत नआएको भन्दै असन्तुष्टि पोखिरहेको बेला लुम्बिनीमा भने प्रहरी सेवा सम्बन्धी ऐन प्रदेशसभाको बहुमतले पारित भएको छ । संघीय प्रहरी ऐनको मस्यौदासँग मिल्ने गरी प्रदेश सरकारले ऐन बनाएको सरकारको दाबी छ