माओवादीका मन्त्रीलाई प्रचण्डको निर्देशन- सात दिनभित्र प्रगतिविवरण हेडक्वार्टरमा पठाउनूस्

माओवादीका मन्त्रीलाई प्रचण्डको निर्देशन- सात दिनभित्र प्रगतिविवरण हेडक्वार्टरमा पठाउनूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई सात दिनभित्र प्रगतिविवरण बुझाउन निर्देशन दिएका छन् ।

बिहीबार प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई सात दिनभित्र प्रगतिविवरण पार्टी हेडक्वार्टरमा पठाउन निर्देशन दिएका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट मन्त्री भएकाहरुले कयौँ राम्रा काम गरेको उनको भनाई थियो । ‘हामीले सम्हालेका मन्त्रालयमा राम्रा काम भएका छन्। ती कुरा सुनेका छौँ। मन्त्रीहरुले पनि गरेका कामको सूची सात दिनभित्र पार्टी हेडक्वार्टरमा दिनुपयर्यो,’ उनले भने ।