काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।
शुक्रबार राष्ट्रपतिले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन,२०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।
संसदको दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुवै विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।





प्रतिक्रिया