काठमाण्डु – नेकपा एमाले केन्द्रीय विभागको बैठक जारी छ । केन्द्रीय कार्यालय च्यासलमा केहि बेरअघि सुरु भएको बैठकमा विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको उपस्थिती रहेको छ ।
बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् । चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो ।
महासचिव पोखरेलले सम्बोधन गरेपछि बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।




प्रतिक्रिया