फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न नपाउने गरी नयाँ मुलुकी एेन अाएकाे छ । गम्भीर अपराध गर्ने जाे सुकै व्यक्तिले सजाए भुक्तान गरेर जेलबाट छुटे पनि विवाह गर्न पाउने छैनन्र । दफा ७१ मा विवाह गर्न, गराउन नहुने सम्बन्धि व्यवस्था गरिएको छ । उक्त दफाको २९ छ मा नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएकोले विवाह गर्न नपाउने व्यवस्था गरिएको छ ।
कुनै व्यक्ति फौजदारी अभियोगमा आजिवन कारावासको सजाय पायो । उसको उमेर २० वर्षको छ भने उ ४० वर्षको हुँदा सजाय भोगिसकेको हुन्छ । ४० वर्षमा रिहा भएपछि उसले कसैसँग विवाह गर्न नपाउने नयाँ कानुनले व्यवस्था गरेको हो ।
नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ को भाग ३ मा पारिवारिक कानूनको व्यवस्था गरेको छ । जसमा विवाह गर्न हुने र नहुने, विवाह बदर गर्न सकिने लगायतको व्यवस्था गरिएको छ ।




प्रतिक्रिया