काठमाण्डु – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भोलि आईतबार र पर्सि सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार आईतबार कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
मधेश र कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया