जनार्दन प्रकरण : सभामुखले बोलाए विशेष छानविन समितिको बैठक

जनार्दन प्रकरण : सभामुखले बोलाए विशेष छानविन समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिको बैठक बोलाएका छन् । दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक अस्नुअघि सभामुख सापकोटाले समितिका सदस्यहरुलाई बैठकमा बोलाएका हुन् ।

एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको जानकारी दिइन् ।

२ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो ।

शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् ।