बाजुरा – बुढीगंगा नगरपालिकाको वडा नम्बर १ मा एमालेका उम्मेदवार रणबहादुर थापा विजयी भएका छन् । उनी कांग्रेसका लोकबहादुर थापालाई ६६ मतले हराउंदै वडा अध्यक्षमा विजयी भएका हुन् ।
विजयी एमालेका थापाले ४ सय १६ मत ल्याए भने कांग्रेसका थापाले ३ सय ५० मत ल्याएका छन् ।एमालेका उम्मेदवार दल बहादुर साउंद वडा नम्बर १० को अध्यक्षमा निर्वाचित भएका छन् । उनले ५ सय ४८ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारले ४ सय ८१ मत ल्याए ।
मेयरमा समेत एमालेका रामबहादुर बानियांको अग्रता कायमै छ । कांग्रेसका रंगबहादुर खातीले ६०१ मत ल्याउंदा एमालेका बानियांले भने ७२२ मत ल्याएका छन् । उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ७११ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले ६२३ मत ल्याएकी छन् । बिहीबार भएको मतदानमा बुढीगंगामा ९,११७ मत खसेको थियो ।




प्रतिक्रिया