पहिराेले पृथ्वीराजमार्गको जामुने-खैरेनी सडक अवरुद्ध

पहिराेले पृथ्वीराजमार्गको जामुने-खैरेनी सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए ।