काठमाण्डु- बाजुराको बुढीगङ्गा नगरपालिकाको जारी मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म चार वटा वडा जितेको एमालेले मेयर र उपमेयर दुवैमा आग्रता कायमै राखेको छ ।
नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,४४३ मत पाएका छन् । उपमेयर मायाकुमारी खड्का कुवँरले २,४१७ मत पाएकी छन् । एमालेका उम्मेदवार बानियँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२९१ र उपमेयर रीता शाहीले १,३१२ मत पाएका छन् ।




प्रतिक्रिया