आइतबारको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

आइतबारको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र बागमतीका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङसहित वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।