काठमाण्डु- नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । आइतबार दिउँसो १ बजे बालुवाटारस्थित आफ्नो सचिवालयमा कोइरालाले बैठक बोलाएका हुन् ।
आजको बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउने जनाइएको छ । काँग्रेसले स्थानीय तह निर्वाचन समीक्षा र विविध विषयमाथि छलफल गर्न सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ । यता उक्त बैठकमा एजेण्डा र भ्रातृ संस्थाका विषयमा छलफल गर्न काँग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
स्थानीय तहको निर्वाचनदेखि कोइरा पक्ष पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको छ । कोइराला पक्षले सभापति देउवा पार्टीको विधान विपरित हिडेको आरोपसमेत लाएको छ । यसअघि पनि कोइराला समूहले दुई दिन आन्तरिक छलफल गरेको गरेको थियो ।




प्रतिक्रिया