बुढीगंगामा एमालेको जित सुनिश्चित, कसले कति मत पाए ?

बुढीगंगामा एमालेको जित सुनिश्चित, कसले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेको जित सुनिश्चित भएको छ ।  करिब ५०० मत गन्न बाँकी हुँदा नेकपा एमालेको तर्फबाट मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेकाले जित सुनिश्चित भएको हो ।

यो समाचार तयार पर्दासम्म ८ हजार ६१७ मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका छन् ।  यता नेपाली काँग्रेसका उम्मेदवार रंगबहादुर खातीले ३५९७ मत पाएका छन् ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ४८० मत पाउँदा काँग्रेस उम्मेदवार रिता शाही मात्र ३ हजार ६०० मत प्राप्त गरेकी छन् । हाल साे नगरपालिकाकाे मतगणना जारी छ ।  बुढीगंगामा कुल ९ हजार ११७ मत खसेको थियो ।