भरपर्दो सहयात्री खोज्ने एमालेको तयारी, तत्काल गठबन्धन नभत्काउने (अपानीसहित)

भरपर्दो सहयात्री खोज्ने एमालेको तयारी, तत्काल गठबन्धन नभत्काउने (अपानीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ ।

अध्यक्ष केपी शर्मा अ‍ोलीले पछिल्लो बैठकका निर्णय र चुनावी समीक्षाको बारेमा अन्तरपार्टी निर्देशन जारी गर्दै सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेका हुन् । यद्यपी उनले अन्तरपार्टी निर्देशन–४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने बताएका छन् ।

‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ,’ अध्यक्ष ओलीद्वारा जारी अपानिमा भनिएको छ ।

अध्यक्ष ओलीले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन पनि आग्रह गरेका छन् । ‘गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्नै सक्दैनौं भन्ने मनोविज्ञानलाई बदल्न जरुरी छ,’ उनले भनेका छन्, ‘हाम्रो पङ्क्तिलाई आफ्नो शक्तिमाथि भरोसा दिलाउन जरुरी छ, आत्मविश्वास बढाउन जरुरी छ ।’

एमालेले महागठबन्धनविरुद्धको लडाइँमा एमालेले प्राप्त गरेको मत विगतको भन्दा बढेको भन्दै माओवादी केन्द्र र माधव नेपाल समूहको उद्देश्य भने एमालेलाई हराउनेमा केन्द्रित भएको निष्कर्ष निकालेको छ । माओवादीले गठबन्धनबाट सिट संख्या १५ वटा बढाए पनि लोकप्रिय मतमा ५ प्रतशितले कमी आएको एमालेको प्रतिवेदनमा उल्लेख छ ।

यस्ताे छ अपानी :