काठमाण्डु- काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बसिरहेको हो ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा र पार्टीका विविध विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै संघीय चुनावको रणनीतिका सन्दर्भमा पनि छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई शुभेच्छुक संस्थाकोरुपमा मान्यता दिने तयारी भएको हो ।
यो प्रस्ताव आज बसेको बैठकमा प्रस्तुत गरिनेछ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाकोरुपमा अनुमति प्रदान गर्नेछ । अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।




प्रतिक्रिया