तीन महिनापछि गूप्तचर विभागले पायो एआईजी, डीआईजी थापा नियुक्त

तीन महिनापछि गूप्तचर विभागले पायो एआईजी, डीआईजी थापा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय अनुसन्धान विभागको एआईजीमा डीआईजी कुलदिप थापा बढुवा भएका छन् । प्रधानमन्त्री कार्यालय मातहत रहेको गूप्तचर विभागमा एआईजी रिक्त भएको तीन महिनापछि सरकारले आज कुलदीप थापालाई बढुवा गरेको हो ।

विभागका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मीले वैशाख ९ मा अवकास पाएदेखी नै एआईजीको दरबन्दी रिक्त थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको उदासिनताका कारण बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

बढुवाका लागि डीआईजीहरु थापा, हुतराज थापा, ओम जोशी र टेकेन्द्र कार्कीलगायत प्रतिस्पर्धामा थिए । थापा आगामी साउन ४ गतेसम्म मात्र एआईजी रहनेछन् । उनी डीआईजीको ५ वर्षे पदावधिका कारण अवकासमा जाँदैछन् ।