काठमाण्डु – नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । आइजिपी नियुक्तिसम्बन्धि विवादमा अदालतबाट पनि पराजित भएपछि उनले राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दियो ।
सरकारले आफुभन्दा जुनियार धीरजप्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेपछि प्रतिस्पर्धी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । तर, शुक्रबार सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले आईजीपी नियुक्तिविरुद्धको रिट खारेज गर्ने फैसला गरेसँगै उनको आईजीपी बन्ने सपना चकनाचुर भएको छ ।
उनी १८ बैशाखदेखि नै बिदामा बसेका छन् । उमेरहदका कारण उनी साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।




प्रतिक्रिया