शनिबार २०५ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार २०५ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३८५ पुगेको छ ।

आज पुष्टि भएका संक्रमित मध्ये काठमाण्डुमा ८२ जना, ललितपुरमा ११ र भक्तपुरमा ७ जना रहेका छन्। यससँगै काठमाडौंमा ८५० जना, ललितपुरमा ९२ जना र भक्तपुरमा २६ जना सक्रिय कोरोना संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।