घुस प्रकरण: अधिवक्ता पोखरेललाई सोधियो ७ दिने स्पष्टीकरण

घुस प्रकरण: अधिवक्ता पोखरेललाई सोधियो ७ दिने स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कानून व्यवसायी परिषदले काठमाण्डु जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ ।

मंगलबार परिषदले गोरखापत्र दैनिकमासार्वजनिक सूचना निकालेर न्यायाधीशलाई घुस प्रस्ताव गरेका पोखरेललाई ७ दिनभित्र स्पष्टीकरण दिन माग गरेको हो । स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि सार्वजनिक सूचना जारी गरेको परिषदले जनाएको छ ।

‘तपाईं रुद्रप्रसाद पोखेलले कानून व्यवसायको सिलसिलामा कार्य गर्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङसमेत उपर काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निजलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरी तपाईं र न्यायाधीशबीच फोन वार्ताको सन्दर्भमा तपाईंलाई कार्वाही हुनु पर्ने होरहोइन ? अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । आजका मितिले मितिले ७ दिन भित्र जवाफ पेश गर्नु होला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ,’ सार्वजनिक सूचनामा भनिएको छ ।

यसभन्दा अघि पोखरेलले न्यायाधीश कोइरालालाई घुस लिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो । घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले छानविन गरिरहेको छ ।