काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।
समाचारपत्र र हिमालयन टेलिभिजनल महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै ती समाचार माध्यमहरुमाथि कारबाही माग गर्दै मेयर बालेनले मंगलबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । मेयर बालेनले ती समाचारबाट भ्रम उत्पन्न हुनुका साथै व्यक्तिगत र संस्थागन गरिमामा आँच पुगेको दावी गरेका छन् ।
‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’ उनले लेखेको उजुरीमा उल्लेख गरिएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशन र प्रशारण गरेका थिए ।




प्रतिक्रिया