न्यायपालिकाको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न कांग्रेसको माग

न्यायपालिकाको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न कांग्रेसको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले न्यायपालिकामा बिकृती बढेको भन्दै त्यसको छानविन गर्न माग गरको छ । बुधबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद प्रकाश रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर न्यायपालिकाको विकृती नियन्त्रण गर्न माग गरेका हुन् ।

‘देवयानी फौजदारी मुद्धामा न्याय पाउन सर्वसाधारणले ३० बर्षसम्म धाउनु पर्छ, न्यायमुर्तीहरुले समयमा न्याय दिन सकिरहेका छैनन,’ रसाईलीले भने,  ‘करिव २ सय न्यायाधिशलाई न्याय परिषदले छानविनको दायरामा ल्याएको छ, त्यसैले न्यायापालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेर अघि बढनु पर्छ ।’

सरकारले छानविन आयोग गठन गरेर जनतालाई बेलैमा न्याय दिन ढिलाई गर्न नहुने उनको भनाई छ ।