बढुवा भएका ३७ वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका ३७ वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ३७ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच लाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले विभिन्न पदमा पदोन्नती भएका ३७ जनालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा सूचना प्रविधितर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूण कुमार भण्डारी, स्वास्थ्यतर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. सुरज राना, डा. दीपा न्हुच्छे प्रधान तथा डा. अमिन कुमार श्रेष्ठ र सवारीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसी रहेका छन् ।

त्यस्तै प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, दान बहादुर कार्की, डा.मनोज कुमार केसी, राजन अधिकारी, जिबन कुमार श्रेष्ठ, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर बिक, ओम बहादुर राना, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोबिन्द थपलिया, माधब प्रसाद श्रेष्ठ, दिल्ली राज बिष्ट, मनोज कुमार यादब, रेवती ढकाल, दिपेन्द्र घर्ति क्षेत्री (जि.सी.), दिपक रेग्मी, दिलिप सिंह देउवा, बिनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोईराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ्ग, संजिब शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदा प्रसाद चौधरी रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्रीवृद्धिमा लाग्नुपर्ने बताए । प्रहरी संगठनमा अनुशासनको धेरै महत्व हुने चर्चा गर्दै यसप्रति सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।