काठमाण्डु उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकमाथि कारवाही

काठमाण्डु उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकमाथि कारवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ट्राफिक प्रहरीले काठमाण्डु उपयत्कामा एकैदिन २ हजार २० जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बुधबार कारवाही गरिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारीचलाउने ७४ जना सवारी चालक रहेका छन् ।

यस्तै, ठीक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने १ हजार ७११ जना सवारी चालक रहेका छन् ।