एआईजी सवार गाडी दुर्घटना

एआईजी सवार गाडी दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका एआईजी सवार गाडी दुर्घटना भएको छ । जनकपुरबाट कोहल्वी तर्फ जाने क्रममा एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको हो ।

बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल रहेको प्रहरीले जनाएको छ ।