काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भोली अष्ट्रेलिया जाने भएका छन् । शर्मा एन्युअल चिफ अफ डिफेन्स (चोड) कार्यक्रममा सहभागी हुन शनिवार अष्ट्रेलिया जान लागेका हुन् ।
अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस प्यासेफिस कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको कार्यक्रममा एशिया प्रशान्त क्षेत्रमा सेना प्रमुखहरुको सहभागिता हुंदैछ ।
सम्मेलन दुई दिनसम्म चल्नेछ । नेपाली सेनाले उक्त सम्मेलनमा २०५६ सालदेखि निरन्तर सहभागिता जनाउँदै आएको छ ।
उक्त सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरुलाई समेटी विविध सुरक्षाका विषयहरुमा छलफल हुनुका साथै सहभागी राष्ट्रका सेना प्रमुखहरुबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरुमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछ ।
अष्ट्रेलिया प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई आज मिति २०७९ नेपाली सेनाको एक टुकडीद्वारा जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । प्रधान सेनापति महारथी शर्माको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।
यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वाससेनाले लिएको छ ।




प्रतिक्रिया