भक्तपुर बस दुर्घटना अपडेट: ३ जनाको मृत्यु

भक्तपुर बस दुर्घटना अपडेट: ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ ।

काठमाण्डुबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किच्दा ३ जनाको मत्यु भएको हो ।

प्रहरीका अनुसार ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान खुलेको छैन् ।

घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।