काठमाण्डु -नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ । निर्वाचनको मिति घोषणा हुने तयारी भइरहेको बेला प्रहरीमा जिल्ला प्रमुखहरुको काज निस्केको हो ।
प्रहरी मुख्यालयले आइतबार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरेलाई काजमा खटाएको हो ।
एसपीहरु शिब कुमार श्रेष्ठ अख्तियार, अनुपशमशेर जवरा इन्टरपोल शाखा,विश्व अधिकारी यूएन शाखा र गंगा पन्तको काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज निस्केको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




प्रतिक्रिया