काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ हजार ५५ जनाको परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ । आज देशभर २१८ जना कोरोना संक्रमित निको भएका छन् ।
जसमध्ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया