काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार दीपेन्द्र कुंवर सशस्त्र प्रहरीको एसएसपी बढुवामा एक नम्बरमा बढुवा सिफारिस गरिएको भन्दै संसद्मा आवाज उठेको छ ।
वरियतामा निकै पछि र कार्यसम्पादन समेत कमजोर भएका कुवंरलाई शक्तिको आडमा बढुवामा एक नम्बरमा ल्याइएको थियो । शस्त्र प्रहरीको एसएसपी बढुवामा एक नम्बरमा बढुवा सिफारिस भएका कुवर प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वांइ हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद खगराज अधिकारीले शस्त्र प्रहरीको एसएसपी बढुवामा एक नम्बरमा बढुवा सिफारिस भएका कुवरप्रति लक्षित गर्दै यसबारे संसदमा आवाज उठाएका हुन् ।
उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढावा सिफारिसमा आफ्ना नातेदारलाई ल्याएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढावा सिफारिसमा परिवारवादको दुर्गन्ध आएकोसमेत दावी गरे ।
सांसद अधिकारीले अति भएको भन्दै ऐन बनाउन र विधि र पद्धतिको पालना गर्नसमेत आग्रह गरेका छन् । आजको संसद् बैठकमा उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढुवा सिफारिसमा परिवारवादको दुर्गन्ध दङदङती गनाउन थाल्यो । ऐन बनाउन र विधि र पद्धतिको पालना गरौं । अति भो सरकार रोक्नुपर्यो । जे गरे पनि हुने हो ?’
नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै सुरक्षा निकायको बढुवा सरुवामा चरम हस्तक्षेप भएको छ ।




प्रतिक्रिया