एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो। बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तोकेको छ ।

सूचनाअनुसार गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन्। दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्।

परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । भदौ ११ मा अनिवार्य अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुनेछ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ।