सेयर बजारमा आज उछाल, नेप्से ५४ अंकले बढ्याे

सेयर बजारमा आज उछाल, नेप्से ५४ अंकले बढ्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से उच्च अंकले बढेको छ। आज नेप्से ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा पुगेको हो ।

आइतबार सर्वाधिक बढ्ने उपसमुहमा निर्जीवन बीमा कम्पनी रहेको छ। सो उपसमुह ४.५१ प्रतिशतले बढेको हो। फाइनान्स उपसमुह भने १ं.६० अंकले घटेको छ।

बैंकिङ ४०, विकास बैंक ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र ब्यापार उपसमूह ७५ अंक बढे । कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घट्यो भने ३ को स्थिर रह्यो ।

आइतबार ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार बढीको कारोबार भएको छ।