नयाँदिल्ली-प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच सोमबार नयाँदिल्लीमा वार्ता भएको हो।
वार्तामा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा छलफल भएको छ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।
त्यसैगरी भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा हवाई रुट, सीमा विवाद, ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार विकास र बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलगायतका विषय नेपालका प्राथमिकतामा छन्।
उच्चस्तरीय वार्तामा यी विषयले कस्तो स्थान पाए भन्ने विवरण भने सार्वजनिक हुन बाँकी छ। तर दुई देशबीच के के विषयमा सहमति भयो भन्ने खुलेको छ। द्विपक्षीय टोलीस्तरीय र एकल दुवै वार्ता हैदराबाद हाउसमा भएका हुन्।



प्रतिक्रिया