काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आफूले नचिन्ने दाबी शशांक कोइरालाले गरेका छन् ।सोमबार रुपन्देही जिल्ला अधिवेशनमा बोल्दै कोइरालाले थापालाई आफूले नचिन्ने बताएका हुन् ।
कांग्रेसका नाममा छुट्टै गतिविधि गरिरहेको शेरबहादुर देउवा पक्षका नेता रहेका कोइरालाले गगन थापालाई नचिन्ने बताए । उनले भने ‘नाम नै नलिनुस्, को हो गगन थापा, म त चिन्दा पनि चिन्दिनँ ।’ यसो भन्दै अन्तिममा उनी पनि हाँसेका थिए त्यसपछि हलमा पनि हाँसोको फोरा उठेको थियो।
कार्यक्रममा विमलेन्द्र निधि, उमाकान्त चौधरी, एनपी साउद पनि हाँसिरहेका देखिन्थे । त्यसपछि शशांक हाँस्दै हाँस्दै आफ्नो मन्तव्यलाई अगाडि बढाए।
नेपाली कांग्रेस देउवा पक्षले मङ्सिर अन्तिम साता १५औ महाधिवेशनको तयारी गरिरहेको छ। तर सर्वोच्च अदालत र निर्वाचन आयोगले एक चरणको मान्यता दिएपछि गगन थापाले यस अगाडि नै महाधिवेशन गरेर नयाँ कार्यसमिति ल्याइसकेका छन् ।
पार्टी कार्यालय सानेपापको सम्पूर्ण गतिविधि गगन थापाले नै सम्हालिरहेका छन्। देउबा काङ्ग्रेसले चुन्नदेवीमा छुट्टै पार्टी कार्यालय खडा गरेर गतिविधि गरिरहेको छ।



प्रतिक्रिया