काठमाण्डु– सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा सोमबार बिहान अचानक आगलागी भएको छ।
पाँच जना सवार रहेको पेट्रोल कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। गुडिरहेको अवस्थामा अचानक आगो लागेपछि आगो तीव्र रूपमा फैलिएको थियो।

आगलागीका कारण कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। गाडीमा ठूलो क्षति पुगे पनि कारमा सवार पाँचै जना भने सकुशल रहेको बताइएको छ।
घटनामा मानवीय क्षति नभए पनि कार पूर्ण रूपमा नष्ट भएको छ। आगलागीको वास्तविक कारणबारे थप विवरण आउन बाँकी छ।







प्रतिक्रिया