दुबई लगि अलपत्र पार्ने एक जना पक्राउ

दुबई लगि अलपत्र पार्ने एक जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–७ चावाहिल बस्ने धादिङ धुनिवेसी गाउँपालिका–९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय बिकास थापा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग ४ लाख ४५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनले रकम लिएपछि पीडितलार्य दुबई पठाई अलपत्र पारेका थिए ।

उक्त जाहेरी परेपछि काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाण्डुको बसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।